सोमबार, वैशाख १५, २०८२

आगामी जेठ १९ गतेदेखि राजधानीमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी

नेपालखोज २०७८ चैत २२ गते १७:४९

काठमाडौं । आगामी २०७९ जेठ १९ देखि २३ गतेसम्म ‘नेपाल १६ औ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०७९’ राजधानीमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप परिसरमा १६ औं अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागेको हो ।

मेड इन नेपाल अभियानको रुपमा स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला कोरोना महामारीको कारण विगत दुई वर्षदेखि स्थगित हुँदै आएको थियो । महासंघले दिएको जानकारी अनुसार महासंघका उपाध्यक्ष शोभा गुरुङको संयोजकत्वमा ‘प्रदर्शनी आयोजक समिति’ गठन गरी यसको तयारीको काम सुरु भइसकेको छ ।

प्रतिक्रिया