१० वर्षमा धनी नेपाल र धनी नेपालीको देश बनाउनका लागि काम गराैं : सञ्चारमन्त्री कार्की

काठमाडाैं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकलाई राष्ट्रिय एकताको बाटोमा अझ सुदृढ गर्दै र आन्तरिक एकतालाई मजबुत गर्दै अघि बढ्नुपर्ने आजको आवश्यक्ता भएको बताएका छन् । प्रेस युनियन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री कार्कीले विविध जातजाती, भेषभुषा, रहनसहन नेपालको कमजोर पक्ष नभइ शक्ति भएको पनि बताए ।
उनले जातीय भेदभाव र बेरोजगारीलाई मुलुकबाट निवारण गर्नु सबैको दायित्व भएको पनि बताए। मन्त्री कार्कीले आ-आफ्को काम र कर्तव्यलाई बुझेर अघि बढे देश विकासको उद्देश्यमा सफलता मिल्ने पनि बताएका छन् ।उनले भने, ‘हाम्रो गन्तव्य अब मुलुकलाई राष्ट्रिय एकताको बाटोमा अझ सुदृढ गर्दै, आन्तरिक एकतालाई अझ मजबुत गर्दैअघि बढ्नुपर्ने आजको हाम्रो आवश्यक्ता हो । विविध जातजाती, भेषभुषा, रहनसहन नेपालको कमजोरी होइन, सबलता हो । यो नेपालको सबैभन्दा ठूलो बल हो । जातीय भेदभाव, बेरोजगारीलाई मुलुकबाट निवारण गर्नु आज हामी सबैको दायित्व हो । हामी फरक भुमिकामा छौँ तर हामी सबैको उद्देश्य यो देशलाई समृद्ध गराउनु हो । त्यो भुमिकामा हामी अगाडि बढौं ।’
मन्त्री कार्कीले १० वर्षमा धनी नेपाल र धनी नेपालीको देश बनाउनका लागि काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया