राष्ट्रपतिद्वारा पाँच अध्यादेश जारी, एसिडसम्बन्धी अध्यादेश पनि समावेश

नेपालखोज २०७८ चैत २२ गते २०:१६

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पाँच वटा अध्यादेश जारी गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिसमा भण्डारीले संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेशहरु जारी गरेकी हुन् ।

सरकारले एसिडसम्बन्धीसहित यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्यसञ्चालन सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश ल्याएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया