राप्रपा जनताको सेवक हो : राजेन्द्र लिङ्देन

नेपालखोज २०७८ चैत २२ गते २१:४५

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीति सर्वोत्तम सेवा भएको बताएका छन् । बागलुङमा आयोजित आमसभामा उनले देश र जनताको सेवा गर्ने माध्यमका रुपमा राजनीतिलाई लिनुपर्ने उल्लेख गरे ।

अध्यक्ष लिङ्देनले लाभ र कमाइ लिन कोही राप्रपामा प्रवेश गरेका भए फर्किन सुझाव दिए । उनले भने, ‘भ्रष्टचारीलाई राप्रपामा ठाउँ छैन, यो जनताको सेवक पार्टी हो ।’

राप्रपाले विकास र सुशासन दिने ठोकुवा गर्दै अध्यक्ष लिङ्देनले आसन्न स्थानीय चुनावमा आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गर] । राप्रपाले चुनाव जित्ने स्थानीय तहमा आधारभूत शिक्षा र स्वाथ्य सेवा निःशुल्क बनाउने उनले बताए ।

गलत पार्टी र नेतालाई चुनावमा जिताउँदा देशले दुःख पाउने उनले स्पष्ट पारे । अध्यक्ष लिङ्देनले मत हाल्दा विवेक पुर्‍याउन मतदातासँग आग्रह गरे ।

प्रतिक्रिया