बुधबार, जेठ २, २०८१

चन्द्रमा बलियाे बनाउने उपाय !

नेपालखोज २०७८ चैत २३ गते ५:००

कुण्डलीमा यदि चन्द्रमा बलियो भएमा शुक्र र बुध ग्रह स्वतः बलवान् हुने बताइन्छ । चन्द्रमा कमजोर भएमा मानिसमा धनको कमी हुनुका साथै मनमा व्याकुल, बेचैनी र भय रहन्छ । यसको कारण चिसोसँगै धेरै गम्भीर रोग पनि लाग्ने गरेको बताइन्छ । शनिसँग संयोग भए विषयोगको निर्माण हुन्छ । राहुसँग भएमा चन्द्रग्रहण मानिन्छ । यदि चन्द्रमामा शुक्र, बुध, शनि, राहु र केतु ग्रह छन् भने सुस्त फल प्राप्त हुन्छ । राहु केतु वा शनिको साथमा हुँदा चन्द्रमा अशुभ हुन्छ र तिनीहरूको दृष्टि चन्द्रमामा पर्छ ।

यी १० उपायले चन्द्रमालाई बलियो बनाउनुहोस् ।

१. घरमा चाँदीका चीजहरू राख्नुहोस् ।
२. सोमबार, एकादशी वा पूर्णिमामा व्रत बस्नुहोस् ।
३. असल आस्था राख्नुहोस र जेष्ठ र बालिकाको खुट्टा छोएर आशीर्वाद लिनुहोस् ।
४. मन्दिरमा चना र दाल चढाउनुहोस् । सूर्य, बृहस्पति र मंगलको वस्तु दान गर्नुहोस् ।
५. शिव, पार्वती र गणेशजीको पूजा गरिरहनुहोस् ।
६. कुकुरलाई खाना खुवाउन जारी राख्नुहोस् ।
७. हरेक दिन आफ्नो आमाको खुट्टा छुनुहोस् र उनको आशीर्वाद लिनुहोस् ।
८. सोमबार सेतो लुगा लगाउनुहोस् ।
९. दही, दूध, चामल, चिनी र घिउबाट बनेको खानेकुरा बिना नुन खाने ।
१०. चन्द्रमा ग्रहलाई अर्घ्य दिनुहोस् ।

प्रतिक्रिया