सुनचाँदीकै मूल्य घट्याे, आजकाे भाउ कति ?
नेपालखोज
२०७८ चैत २३ गते १०:५५

काठमाडाैं । नेपाली बजारमा आज बुधबार सुनचाँदीकै भाउ घटेकाे छ । छापावाल सुन आज प्रतितोला ३ सय रुपैयाँले घटेर ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार ९८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ३ सय रुपैयाँले घटेको छ । आज तेजाबी सुन ९८ हजार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य आज ५ रुपैयाँले घटेको छ । आज चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित
प्रतिक्रिया