सुनको सिक्री लुटेर फरार एकजना पक्राउ
नेपालखोज
२०७८ चैत २३ गते १४:२६

काठमाडौं । काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट सुनको सिक्री लुटेर फरार रहेका युवा पक्राउ परेका छन् । ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको ५ तोलाको सुनको सिक्री लुटपाट भएको घटनामा संलग्न रहेको अभियोगमा काठमाडौं लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त स्थानमा सुनको सिक्री लुटपाट भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तरगेटबाट सुनको सिक्रीसहित पक्राउ गरेको हो । उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिइ महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया