नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पुग्ने प्रक्षेपण

नेपालखोज २०७८ चैत २३ गते १५:०४

काठमाडौं । नेपालको आर्थिक वृद्धिदर करिब ४ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । एशियाली विकास बैंकले आज सार्वजनिक गरेको एशियन डेभलेपमेन्ट आउटलूक २०२२ मा यस वर्ष नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ ।

खोप कार्यक्रम प्रभावकारी भइ कोरोना महामारी नियन्त्रणमा आएर अर्थतन्त्र चलायमान भएसँगै आर्थिक वृद्धिमा सुधार हुने देखिएको बैंकले जनाएको छ । यसअघि बैंकले २ दशमलव ३ प्रतिशतको आँकलन गरेको थियो ।

त्यस्तै, आगामी वर्ष २०२३ मा नेपालको आर्थिक वृद्धि ५ प्रतिशत पुग्ने एडीबीले प्रक्षेपण गरेको छ। यद्यपि रुस( युक्रेन युद्धका कारण पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिले नेपालको समग्र मुद्रास्फिति, शोधनान्तर र चालु खाता घाटामा थप चाप पर्ने देखिएको जनाइएको छ ।

प्रतिक्रिया