थपिए १३ संक्रमित, ५७ जना डिस्चार्ज
नेपालखोज
२०७८ चैत २३ गते १६:३४

काठमाडौं । नेपालमा गत चौबीस घण्टामा थप १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट ३ हजार ३५८ जनाको पीसीआर परीक्षण गर्दा १० जना र १ हजार ४४९ जनाको एन्टीजेन परीक्षण गर्दा ३ जना गरी कुल १३ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा सक्रिय संक्रमितको संख्या ७६५ रहेको छ ।
त्यस्तै, चौबीस घण्टामा थप ५७ जना कोरोना संक्रमण मुक्त भइ डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ९ लाख ६५ हजार ८२२ पुगेको छ ।
नेपालमा कोरोना निको हुनेदर ९८ दशमलव ७ प्रतिशत रहेको छ । त्यस्तै, चौबीस घण्टामा देशभरबाट थप ६५ हजार ५२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।
सम्बन्धित

प्रतिक्रिया