ओलीको टिप्पणी- यो सरकार तुरुन्तै ढलेन भने देशलाई बर्बादीतिर धकेल्छ !

काठमाडौं । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका छन् ।
आज नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देशमा लगानीको कुनै सम्भावना नरहेको उल्लेख गर्दै वर्तमान सरकार रहिरहेमा देश बर्बादीतिर धकेलिने बताएका हुन् । उनले बैंकसँग पनि लगानीको लागि दिने पैसा नभएकाले देश संकटमा रहेको बताए ।
उनले भने – ‘खल्तीमा कसैको पैसा हुँदैन । बैंक त्यसैकारण खोलेका हुन् । कुनै पनि नयाँ उद्योग, व्यवसाय सुरु गर्दा बैंकबाट लोन लिनुपर्छ । दिनुपर्छ बैंकले । नयाँ लगानीका लागि कुनै सम्भावना छैन यतिखेर किनभने बैंक पैसा दिन सक्दैन । बैंक पैसा दिन सक्ने अवस्थामा छैन । यो सरकार तुरुन्तै, तुरुन्तै, तुरुन्तै ढलेन भने जतिदिन रहन्छ त्यति बढी देशलाई बर्बादीतिर धकेल्छ ।’
उनले सरकार ढाल्न आफुहरुले कोसिस नगर्ने पनि स्पष्ट पारे । एमालेले सरकारमा नभई चुनावमा ध्यान दिइरहेको उनले बताएका छन् । अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनसम्म गतिका साथ पार्टी काममा खट्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिएका छन् ।

प्रतिक्रिया