चालु योजनाहरु छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई महतको सुझाव
नेपालखोज
२०७८ चैत २३ गते १९:२९

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा. रामशरण महतले चालू योजनाहरु छिटो सम्पन्न गर्ने काममा लाग्न सरकारलाई सुझाव दिएका छन् ।
पूर्वअर्थमन्त्री समेत रहेका नेता महतले विगतमा नयाँ योजनाहरुको नाममा हल्ला हुने गरेको भन्दै चालु योजनाहरु सम्पन्न गर्ने काममा सरकारले ध्यान दिनुपर्ने स्पष्ट पारे।
आज काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले ठूला योजनाहरु अघि बढाउँदा त्यसमा लाग्ने लागत र प्रतिफलको गम्भिर ढंगले विश्लेषण गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
विगतमा ठूलो खर्च गरेर योजनाहरु अघि बढेको भए पनि त्यसले प्रतिफल दिन नसकेको उनको भनाई थियो । कांग्रेस नेता महतले कर्मचारीको दरबन्दी कटौति गरेर भएपनि विकास खर्च बढाउन सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
सम्बन्धित

प्रतिक्रिया