मंगलबार, जेठ ८, २०८१

ओमिक्रोन एक्सई भेरियन्ट भएका भारतीयको अवस्था सामान्य

नेपालखोज २०७८ चैत २४ गते ८:२३

नयाँ दिल्ली । कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरियन्टबाट संक्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

रिपोर्टअनुसार बिरामी एक महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेको तर उनमा कुनै जटील समस्या नदेखिएको चिकित्सकले बताएका छन् ।

अधिकारीले भने, ‘यो भाइरसको नयाँ किटाणुबाट सङ्क्रमित बिरामीको अवस्था गम्भीर छैन ।’ ‘ओमिक्रोनको बीए–टु प्रजातीभन्दा एक्सई १० प्रतिशत बढी सङ्क्रमण हुनसक्ने देखिएको छ ।’ अहिलेसम्म बीए–२ सबै कोभिड–१९ भेरियन्टमध्ये सबैभन्दा सङ्क्रामक ठानिएको छ । रासस

प्रतिक्रिया