एमाले विधान महाधिवेशन : छलफल सकियो, केही समयमा प्रस्तुतीकरण
नेपालखोज
२०७८ असोज १६ गते १३:३५
काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनमा समूहगत छलफल सकिएको छ । महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सकिएको र दिउँसो २ बजेबाट प्रस्तुतीकरण सुरु हुने एमालेले जनाएको छ ।
आज बिहान ८ बजेबाट नै छलफल सुरु भएको थियो । हिजो छलफलका लागि प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको थियो ।
शुक्रबारको बैठकमा प्रतिनिधिहरूले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेका थिए ।
१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरुलाई जिम्मेवारी दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया