जनताले राहत महसुस गर्ने गरि उद्योगसम्बन्धी समस्या समाधान गर्छु : बडू
नेपालखोज
२०७८ चैत २४ गते १७:२६

काठमाडौं । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग मन्त्रालयमा रहेको चुनौतिलाई सफलतापूर्वक पार लगाउने बताएका छन् ।
आज उद्योग मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री बडूले उद्योगसम्बन्धी देखिएका समस्यालाई समाधान गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले आफ्नो टिममा मन्त्रालय सञ्चालन गर्नको लागि राम्रो टोली रहेको भन्दै आत्मविश्वास र प्रतिवद्धताका साथ काम गर्ने बताए । मन्त्री बडूले जनताले राहत महसुस गर्ने गरेर उद्योगसम्बन्धी समस्या समाधान गर्ने योजना पनि सुनाए ।


सरकारले कानुनमन्त्रीमा गोविन्द बन्दीलाई नियुक्त गरेसँगै मन्त्री बडूले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि मन्त्री बडूले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय सम्हाल्दै आएका थिए ।
सम्बन्धित

प्रतिक्रिया