आइतबार, पुष ६, २०८२

नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा पौडेल नियुक्त

नेपालखोज २०७८ चैत २४ गते २२:२६

काठमाडौं । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । टेलिकममा पहिलो पटक संस्थाभन्दा बाहिरबाट प्रवन्ध निर्देशक नियुक्त भएका हुन् । पौडेलले राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशकका रूपमा काम गरिसकेका छन् ।

पौडेललाई आज बसेको मन्त्रिपरिषद बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको हो । उनलाई नै नियुक्त गर्ने गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति सम्बन्धी निर्देशिका संशोधन गरेको थियो ।

सञ्चार सचिव बैकुण्ठ अर्याल संयोजकत्वको छनोट समितिको सिफारिसअनुसार पौडेलको नाम पनि राखेर मन्त्रिपरिषदमा प्रबन्ध निर्देशक नियुक्तिको प्रस्ताव लगिएको थियो ।

सिफारिसमा परेका टेलिकमका पूर्वप्रवन्ध निर्देशक बुद्धि आचार्य र टेलिकमकै प्रमुख व्यवसायिक अधिकृत संगीता पहाडीलाई पन्छाएर सरकारले टेलिकम (भ्वाइस) क्षेत्रमा राम्रो अभनुव नभएका पौडेललाई प्रबन्ध निर्देशक बनाएको हो ।

प्रतिक्रिया