गुरुकुल स्थापनाका लागि प्रथम मूलपानी महोत्सव सुरु

काठमाडौं । संस्कृत गुरुकुल शिक्षा पाठशाला स्थापनका लागि आर्थिक रकम जुटाउन हिजाेबाट प्रथम मूलपानी महोत्सव सुरु भएको छ । परापूर्वकालदेखि सुरु भएको गुरुकुल परम्परालाई पुनः स्थापित गर्न ऋषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाज मूलपानीले महोत्सवको आयोजनामा गरेको हो ।
हिजाेबाट सुरु भएको मूलपानी महोत्सव वैशाख ५ गतेसम्म सञ्चालन हुने ऋषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाजका अध्यक्ष जगन्नाथ खनालले बताए । अध्यक्ष खनालले गुरुकुल स्थापना गर्नुका साथै महोत्सवका माध्यमबाट परम्परागत कला संस्कृति, कृषि, शिक्षा र पर्यटन प्रवर्द्धनकाका लागी महोत्सवको आयोजना गरिएको बताए ।
प्राडा ऋषिराम पोखरेलले महोत्सवको उद्घाटन गर्दै हिन्दु ऋषिमुनीहरुले शिक्षा दिन गुरुकुल परम्पराको सुरुवात गरेका थिए । हिजाे त्यहीँ गुरुकुल परम्पराको सुरुवातका लागी ऋषेश्वर महादेव क्षेत्र परिसर संरक्षण समाजले मूलपानी महोत्सवका माध्यमबाट संस्कृत गुरुकुल शिक्षा पाठशाला स्थापन गर्न लागेकोमा खुशी व्यक्त गर्दै गुरुकुल स्थापनाले समाजका सकारात्मक प्रभाव पार्ने बताए ।
महोत्सव कागेश्वरी मनोहरा नगरपालिकाको ६ नम्बरको मूलपानी चौरमा चलिरहेको छ । महोत्सवबाट संकलन भएको रकमबाट खर्च कटाएर बाँकी रहेको रकमले संस्कृत गुरुकुल शिक्षा पाठशाला स्थापना गरिने आयोजकले जनाएका छन् । ११ दिनसम्म चल्ने महोत्सवमा थुप्रै नयाँ पुराना राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती दिनेछन् ।
प्रमोद खरेल, बद्री पङेनी, मिलन नेवार, प्रीती आले, प्रकाश सपूत, पशुपति शर्मा, कमल खत्री, निशान भट्टराई, एलिना चौहान, रचना रिमाल लगायतका गायक गायिका रहेका छन् । कोरोना महामारीले करिब दुई वर्ष थलापरेका मेला महोत्सवहरु विस्तारै सञ्चालन हुन थाले पछि स्थानीयहरु हर्षित भएका छन् ।

प्रतिक्रिया