सुनचाँदीकै मूल्य बढ्याे, कतिमा हुँदै छ काराेबार ?
नेपालखोज
२०७८ चैत २५ गते १०:४६

काठमाडाैं । नेपाली बजारमा आज शुक्रबार सुनचाँदीकै भाउ बढेकाे छ । छापावाल सुन आज प्रतितोला ५ सय रुपैयाँले बढेर ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि ५ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे तेजावी सुन ९८ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेकाे छ । आज चाँदी १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित
प्रतिक्रिया