एमालेले दमकमा मेयरका लागि उम्मेदवार छान्दै

नेपालखोज २०७८ चैत २५ गते ११:५२

काठमाडौं । नेकपा एमालेले आज झापाको दमकमा मेयरका लागि उम्मेदवार सिफारिस गरेकाे छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा १ सय ३१ वडामध्ये केही वडामा मात्रै सर्वसम्मत उम्मेदवार चयन भएपछि करिब १ सय २९ वडामा एमालेले प्रतिस्पर्धाका आधारमा उम्मेदवार छान्ने भएको छ।

नेकपा एमालेले आज बस्ने नगर कमिटीको बैठकले मेयरका उम्मेदवार छानेर माथिल्लो कमिटीलाई सिफारिस गर्नेछ । दमकको मेयरको उम्मेदवारका आकांक्षी तीन जना भएपनि वर्तमान उपमेयर गीता अधिकारीलाई नै एमालेले अघि सार्ने सम्भावना रहेको छ । गीताको नाममा सहमति नजुटे भोटिङका आधारमा नाम तय गरिने बताइएको छ।

एमालेका अनुसार झापामा रहेका जम्मा १ सय ३१ वडामा सर्वसम्मत उम्मेदवार छान्ने प्रयास भएपनि त्यो सफल हुन नसकेको बताइएको छ । सर्वसम्मत उम्मेदवार तय गर्न नसकेपछि मतदानबाट १ सय ३१ मध्ये १ सय २९ वडामा मतदानबाट उम्मेद्वार छान्ने तयारी भएको बुझिएको छ ।

प्रतिक्रिया