‘ललितपुर महानगरपालिका मुलुककै अब्बल काम गर्ने स्थानीय तह हो’

नेपालखोज २०७८ चैत २५ गते १२:२९

काठमाडौं । ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको बताएका छन् । मेयर महर्जनले पत्रकार सम्मेलन गर्दै आफू निर्वाचित भएको पाँच वर्षमा गरेको कामको विषयमा जानकारी दिदैं उनले पत्रकार सम्मेलनमा आफ्नो पाँच वर्ष कार्यकालमा ललितपुर महानगरपालिकालाई मुलुकै अब्बल र अनुकरणीय काम गर्ने स्थानीय तहको रुपमा चिनाउन सफल भएको दाबी गरे ।

मेयर महर्जनले पाँच वर्षमा महानगरबाट पारित कुल २३ अर्ब ५२ करोड ८१ लाख ४८ हजार ९८१ रुपैयाँ बजेटमा १३ अर्ब ३३ करोड ८३ लाख ५३ हजार ८९४रुपैयाँ गत फागुन मसान्त सम्म खर्च गरेको जानकारी दिए । उनले पाँच वर्षमा महानगरपालिकाले ७ अर्ब ७६ करोड ४४ लाख ४८ हजार २१४रुपैयाँ राजश्व संकलन गरेको र पूर्वाधार निर्माणमा पाँच वर्षको अवधिमा अस्फाल्ट कंक्रिटसहतिको ३२ किलो मिटर सडक निर्माण सम्पन्न भएको भन्दै मेयर महर्जन सडक निर्माणमा ऐतिहासिक सफलता प्राप्त गरेको बताए ।

उनले महानगर भित्र वडास्तरीय तथा नगर स्थरिय गरी सात हजार पाँच सय विकास आयोजनाहरु सम्पन्न गरेको बताए । स्माट सडक बत्ती महानगरका चार वटा रुटको सडकमा ६ सय ७९ वटा स्मार्ट सडक बत्ती जडान गरेको भन्दै मेयर महर्जनले निर्माण सम्पन्न पूर्वाधार अपाङ्ग मैत्री रहेको बताए । त्यस्तै मेयर महर्जनले रिङ रोडको ५ स्थानमा इन्टरसेक्सन फ्लाइओभर र पुल्चोक कुपण्डोल फ्लाइओभरको पूर्व सम्भाव्यता अध्ययन सम्पन्न भएको बताउँदै उनले ग्वार्कोमा इन्टरसेक्सन फ्लाइओभर निर्माण गर्न ठेक्का प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

महानगर भित्रका अमृत सम्पदा निर्माणको काम प्रमुख प्राथमिकतामा राखेर आर्थिक अभावमा ऐतिहासिक, धार्मिक,सास्कृतिक महत्व बोकेका जात्रा, पर्वका अमृत सम्पदा लोप हुन नदिन महानगरले १० लाख रुपैयाँ सम्मको अक्षय कोष बनाएर काम अगाडि बढाएको बताएका छन् । मेयर महर्जनले पाँच वर्ष कार्यकालमा गरेको प्रगति विवरणमा सडक बत्ती जडान देखि खेलाडीहरुलाई सम्मान गरेको स्पस्ट पारे।

प्रतिक्रिया