यी हुन् मन्त्रिपरिषद्‌ले गरेका निर्णय

नेपालखोज २०७८ चैत २५ गते १३:३१

काठमाडाैं । सरकारले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेको छ । चैत २४ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सुनील पौडेललाई नियुक्त गरेको हो ।

शुक्रबार मन्त्रीपरिषद्का निर्णय सुनाउँदै सञ्चार सूचना तथा प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रवन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्ति गरेको पनि बताए । त्यस्तै सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७५/६/५ को निर्णय खारेज गरेको छ ।

प्रवक्ता कार्कीका अनुसार सरकारले अमलेगञ्ज सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, पश्चिम सेती कोरिडोर ४०० केबी प्रशारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने, लाठीनाथ ३३ केबी प्रशारण लाइन तथा सवस्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ ।

प्रवक्ता कार्कीले सरकारले श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको बताए ।

मन्त्रिपरिषदका निर्णय 

प्रतिक्रिया