युद्ध रोक्न आह्वानसहित शान्ति समाजद्वारा लुम्बिनीमा दीप प्रज्वलन
नेपालखोज
२०७८ चैत २५ गते १३:५२

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आह्वान गर्दै लुम्बिनीमा दिप प्रज्वलन गरेको छ । दिप प्रज्वलनमा युद्धलाई निषेध र शान्ति प्रवर्द्धन गर्न सबैलाई आग्रह गर्दै हिमालय बचाउँन र नदी जोगाउनसमेत आह्वान गरिएको छ ।
यसैगरी चैत २१ गते पाल्पाको तानसेनमा पनि विश्व शान्तिका लागि रुसलाई तत्काल युद्ध रोक्न आग्रह गर्दै दिप प्रज्वलन गरिएको आयोजकले जनाएको छ ।
यसैगरी समाजले गोरखाबाट गरेकाे हिमालय बचाउँ नदी जोगाउँ, गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार, युद्ध निषेध शान्ति विशेष र लागू औषध/मदिरा दुव्र्यसन विरुद्धको अभियानको पहिलो चरण चैत २४ गते लुम्बिनीमा दिप प्रज्वलनसहित समापन गरेकाे जनाएकाे छ ।
सम्बन्धित

प्रतिक्रिया