प्रचण्डले भने- भरतपुर महानगरको नेतृत्वबारे छलफल भएको छैन

नेपालखोज २०७८ चैत २५ गते १५:०६

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ दलहरुबीच तालमेलको विषयमा कुरा भएको बताएका छन् । काठमाडौंमा आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले सत्तारूढ गठबन्धनको बैठकमा निर्वाचन केन्द्रित कुराकानी भएको स्पष्ट पारे ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन हाइकमान्डको बैठक बसेको थियो । बैठकमा चुनावी तालमेल गर्ने र संयुक्त विज्ञप्ति जारी गर्ने समेत निर्णय भयो । बैठकले देशव्यापी चुनावी तालमेल गर्ने भनेर निर्णय पनि गरिसकेको छ । यसै सन्दर्भमा पत्रकारले प्रचण्डलाई भरतपुरबारे के निर्णय भयो त भनेर सोधेका थिए । उनले भने, भरतपुर महानगरको नेतृत्वका बारेमा छलफल भएको छैन । हाम्रो प्राथमिकता भरतपुरमात्र होइन । देशभर कसरी तालमेल गर्ने भन्ने हो । कांग्रेस पनि खुलेर तालमेलको पक्षमा उभिएको छ । अब ढुक्क हाैं तालमेल देशव्यापी हुन्छ र चुनावमा हामीले नै बाजी मार्छाैं ।’

प्रतिक्रिया