काठमाडौंको खुलामञ्चमा राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

नेपालखोज २०७८ चैत २५ गते १६:२६

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शक्ति प्रदर्शन गरेको छ। राप्रपाले आज काठमाडौंको खुलामञ्चमा स्थानीय चुनाव लक्षित आमसभा गरेको हो ।

पार्टीले आमसभालाई शक्ति प्रदर्शनको रुपमा लिएको छ । आमसभामा अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरु पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनी लगायतका शिर्ष नेताहरुको उपस्थिति रहेको छ । लिङ्देन अध्यक्ष निर्वाचित भएपछिको पहिलो शक्ति प्रदर्शन हो ।

राप्रपाले विभिन्न जिल्लामा शक्ति प्रदर्शन गरिरहेको छ । राप्रपाले पार्टीलाई बलियो बनाउन पार्टी प्रवेश लगायतका कार्यक्रमलाई तीव्र बनाएको छ । राजेन्द्रले राप्रपालाई कमजोर नमान्न पनि चुनाैती दिइरहेका छन् । राजेन्द्रले एकपटक राप्रपालाई माैका दिएर हेर्न अनुरोध गर्दै देशव्यापी अभियान चलाएका छन् । उनले राप्रपाले विगतमा गरेका गल्ती नदोहोर्‍याउने बाचा-बन्धन गर्दै हिँडैका छन् । राजेन्द्र कांग्रेस, एमाले, माओवादी एकै भएकाले जनताले राप्रपालाई विश्वास गर्ने समेत विश्वास लिएका छन् ।

प्रतिक्रिया