नयाँ सोचका साथ देशलाई अगाडि बढाउन एकपटक राप्रपालाई साथ दिऔं : राजेन्द्र लिङ्देन

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार बनेको आरोप लगाएका छन् । काठमाडौंको खुलामञ्चमा शुक्रबार पार्टीको आयोजित आमसभामा उनले देश २०४६ सालपछि यता र जबरजस्त गणतन्त्र र धर्मनिरपेक्षता ल्याएर कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकारमा परेको बताएका हुन् ।
अध्यक्ष लिङ्देनले २०४६ पछि नेपाल कांग्रेस, एमाले र माओवादीको गठबन्धनको शिकार भएको आरोप लगाए । उनले बैंकको पैसा कहाँ गयो भन्दै ३१ बर्षसम्म सरकार चलाउदा पनि देश बनाउन नसक्ने तीन ठुला दल असफल भैसकेको दावी गरे । उनले दल असफल हुँदा चिन्ता नुहने भन्दै देश असफल बनाएकोमा राप्रपाको चिन्ता रहेको बताए । अध्यक्ष लिङ्देनले देशका उद्योग धन्दा बन्द रहेको भन्दै कुनै करदाताले कर तिर्न पनि उद्योग बेच्नुपर्ने अवस्था आएको बताए ।
गणतन्त्र ल्याउँदा भनिएको जस्तो र अहिले देशको अवस्था निकै फरक रहेको भन्दै उनले ३२ वर्षमा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिणत भएको बताए । अध्यक्ष लिङ्देनले देश सामान्य अवस्थाबाट देखेजस्तो नभएको भन्दै इतिहासकै कठिन ढंगबाट चलिरहेको बताए । उनले भने ‘देश सामान्य अवस्थाबाट देखेजस्तो छैन । इतिहासकै कठिन ढंगबाट चलिरहेको छ । ठिक ढंगले निर्णय गर्न सकेनौं भने असफल राष्ट्रका रुपमा देखा पर्न सक्छ ।’
उनले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता स्वीकार्दा के भनिएको थियो रु भन्दै २०४६ पछि निरन्तर रुपमा देशमा सिमित नेता र दलको मुठिमा सिमित हुँदा दुर्दशा भएको आरोप लगाए । उनले भने, ‘यो देश कांग्रेस एमाले माओवादीको अघोषित गठबन्धनको शिकार भएको छ । देश वेरोजगार उत्पादन गर्ने कारखाना भएको छ ।’
तीन करोड पनि जनसंख्या नपुगेको नेपालका निरोगी र दक्ष जनशक्ति वैदेशिक रोजगारीमा गएकोमा उनले दुखेसो पोखे । उनले एमाले र गठबन्धनकाे सोचमा बाँझोपन देखिएको आरोप लगाए । उनले विदेशी प्रभुको आर्शिवाद नभइ प्रधानमन्त्री बन्न सकिँदैन भन्ने सोच अहिलेको नेतामा देखिएको आरोप लगाए । प्रधानमन्त्री भइहनले पनि टिक्न सकिँदैन भन्ने सोच अहिलेका नेतामा रहेको उनले दाबी गरे । देश अनुदानबिना चल्न सक्दैन भनेर गलत सन्देश अहिलेका नेताले दिएको उनको आरोफ छ । उनले नेपालमा इन्धन आयात कम गर्न नेताले के गरेका छन् भनेर प्रश्न समेत गरे । यो आठ महिनामा डेढ खर्बको इन्धन आयात भएको बताए ।
उनले नयाँ सोचका साथ देशलाई अगाडि बढाउन एकपटक राप्रपालाई साथ दिन अनुरोध गरे । आगामी स्थानीय तह चुनावमा राप्रपाले जितेका सबै ठाउँमा १२ कक्षासम्म नि:शुल्क पढाउने उनले घोषणा गरे । उनले शैक्षिक गुणस्तर राप्रपाको पहिलो प्राथमिकता रहेको स्पष्ट पारे ।
उनले काठमाडाैंका रैथाने नेवार सम्पदा संरक्षणका लागि चिन्तित रहेको बताए ।

प्रतिक्रिया