शनिबार, जेठ ५, २०८१

देश बन्नु किन पर्‍याे ?

अर्जुन पराजुली २०७८ चैत २६ गते ८:५९

आगनमा निस्केर छिमेकीले सुन्ने गरी
धारामा पानी आएन भन्नु किन पर्‍याे ?
रीनको ब्याज कति लाग्यो भन्दै
दिनदिन औँला भाँचेर गन्नु किन पर्‍याे ?
बिरामी हुँदा सिटामोल पाइएन,
पाइएन त पाइएन, पाइएन भन्नु किन पर्‍याे ?
खेती लगाउने बेलामा मल पाइँदैन
सबैलालाई थाहा छ बढी जान्ने बन्नु किन पर्‍याे ?
नेताले आपफन्तलाई बनायो त बनायो
आफैँले बनाएको नेता हैन ? बनायो भन्नु किन पर्‍याे ?
देशमा अग्लो भ्यूटावर नै बनिसकेपछि
देश बन्नु किन पर्‍याे ?

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया