शनिबार, वैशाख २९, २०८१

देश !

अर्जुन पराजुली २०७९ वैशाख २३ गते ८:५१

देश छ
व्यवस्था छ
संविधान छ
राष्ट्रपति छ
प्रधानमन्त्री छ
पार्टी छ
झन्डा छ
घोषणापत्र छ
चुनाव छ
मतदाता छ
कसम-भाइ छ
नभएको-
त्यही एउटा नेता त हो नि !

अर्जुन पराजुली

अर्जुन पराजुली अहिलेका चर्चित कवि हुन् ।

प्रतिक्रिया