काठमाडौं उपत्यकासहित वागमतीमा बढ्यो गाडी भाडा
नेपालखोज
२०७८ चैत २६ गते १०:३२

काठमाडौं । बागमती प्रदेशमा सार्वजनिक यातायातकोे भाडा बढेको छ । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले हिजो काठमाडौं उपत्यकासहित बागमती प्रदेशमा भाडा बढाउने निर्णय गरेको हो ।
भाडा बढाइएको भए पनि बैशाख १ देखि लागू हुने मन्त्रालयले जनाएको छ । नयाँ भाडादर अनुसार न्यूनतम भाडा २० रूपैयाँ भएको छ । मन्त्रालयले सार्वजनिक गरेको सूचना अनुसार पाँच किलोमिटरसम्म २० रुपैयाँ, १० किलोमिटरको २५ रुपैयाँ, १५ किलोमिटरको ३० रुपैयाँ, २० किलोमिटरसम्मको ३३ र २० भन्दा माथि ३८ रुपैयाँ तोकेकोे छ ।
यस्तै, ट्याक्सीको भाडा समेत बढाइएको छ । प्रति २०० मिटरको भाडा १० रुपैयाँ बनाएको छ । यस्तै‚ प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने जनाएको छ ।


सम्बन्धित

प्रतिक्रिया