क्रान्तिकारी भन्नेले आफन्तबाहेक केही देख्दैन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भाइलाई राष्ट्रियसभा सदस्य बनाएको प्रति आपत्ति जनाएका छन् । आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले क्रान्तिकारी भन्नेहरूले आफन्तबाहेक केही नदेखेको टिप्पणी गरेका छन् ।
उनले भने‚‘नातावाद कृपावादको बहस चलिरहेको छ । क्रान्तिकारी भन्नेहरूले त आफन्तबाहेक केही देख्दैनन्‚हिजो पुष्पकमल दाहालका भाइ नारायण कमल दाहाललाई राष्ट्रियसभामा सदस्य बनाए छन् ।’ अध्यक्ष ओलीले प्रचण्डले आफ्नाबाहेक देश र जनता नसोच्ने जिकिर समेत गरेका छन्। उनले भने‚‘यत्रो घाइते र सहिदका परिवार र आन्दोलन गरेका मान्छे छन् । शरीरमा गोली लिएर हिँडिरहेका मान्छे छन‚ तिनीहरु सबैलाई छाडेर आफ्नै भाइलाई राष्ट्रियसभामा सदस्य बनाए । देश बनाउने कुरा यिनका मनमा छँदै छैन ।’
ओलीले निर्वाचन आयोग सत्तापक्षको आडमा चलेको आरोप समेत लगाए । आयोगले जारी गरेको आचारसंहितमा आफ्नो पार्टीको असन्तुष्टि राख्दा राख्दै बेवस्था गरेको उनको भनाइ रहेको थियो ।

प्रतिक्रिया