सोमबार, वैशाख २९, २०८२

बैंकिङ कसूरका प्रतिवादी लक्ष्मी कार्की पक्राउ

नेपालखोज २०७८ चैत २६ गते १२:०३

काठमाडौं । बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा पनौती नगरपालिका–८ को ४० वर्षीय लक्ष्मी कार्कीले रहेकी छिन् । जाहेरवाला प्रकाश खरेललाई आफूले लिएको ऋण तिर्नको लागि ८० लाख रुपैयाँको चेक दिएकी थिईन ।
उक्त चेक सट्नको लागि बैंकमा पेश गर्दा पर्याप्त रकम नरहेकोले बैंकबाट चेक बाउन्स भएको र प्रतिवादी कार्कीले बैक खातामा रकम नभएको भन्ने जानी जानी चेक काटी दिई बैंकिङ कसूर मुद्दामा प्रहरी परिसर काठमाण्डौमा पेश गरेको जाहेरी दरखास्त थप अनुसन्धान गरेको थियो । महानगरीय प्रहरी परिसरको टोलीबाट खोजतलास गर्ने क्रममा फरार रहेका प्रतिवादी कार्कीलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय काभ्रेको सहयोगमा काभ्रे पनौती नगरपालिका–८ बाट नियन्त्रणमा लिईएको थियो ।

काठमाण्डाैं सोही दिन उच्च अदालत पाटन, ललितपुरबाट दिन सात दिनको म्याद लिएको परिसरले जानकारी दिएको छ । परिसरका अनुसार पक्राउ परेकी कार्कीको थय अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया