सोमबार, वैशाख २९, २०८२

टिपर दुर्घटनामा एक जनाको मृत्यु

नेपालखोज २०७८ चैत २६ गते १२:१८


काठमाडौं । काठमाडौंको नांगेबजारमा टिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । शंखरापुर नगरपालिका–१ नाङ्लेबजारमा बा ४ख ६३७९ नं को टिपर दुर्घटना हुँदा धादिङको थाँक्रे गाउँपालिका–७ का २० वर्षीय किरण बाँस्कोटाको गएराति मृत्यु भएको हो ।

टिपर सडकबाट १०० मिटर तल खसेको र टिपरले नै किचेर बाँस्कोटाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँस्कोटा टिपरका सहचालक हुन् ।

प्रतिक्रिया