भोलि जे होला होला अहिले चुनावी तयारीमा जुटौँ: माधव नेपाल
नेपालखोज
२०७८ चैत २६ गते १४:०३

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले तोकिएकै मिति वैशाख ३०मा स्थानीय तहको निर्वाचन हुनेमा आशंका व्यक्त गरेका छन् ।
२०७४ साल असोजमा भएको स्थानीय तहको निर्वाचनका जनप्रतिनिधिहरूले कार्यकाल ५ वर्ष पूरा नभएको बताउँदै नेकपा एस दोलखा–काठमाडौं सम्पर्क मञ्चको कार्यकर्ता भेलामा सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘भोलि जे होला होला अहिले हामी चुनावी तयारीमा लागौँ । मान्छेहरुले के हुन्छ भन्छन् ,म भन्छु जे हुन्छ हुन्छ अहिले तयारीमा जुटौँ ।’
अध्यक्ष नेपालले आफ्नो नयाँ पार्टी बनेको ६ महिनाभित्रै मान्छेको ओइरो नै लागेको दाबी बताए । चुनावको समय सुरु भइसकेकाले आयोगले आचारसंहिता लागू गरिसकेको समेत स्पस्ट पारे ।
सम्बन्धित

प्रतिक्रिया