‘एमाले क्विन्टल भए हाम्रो पार्टी दशौं टनको’

नेपालखोज २०७८ चैत २६ गते १६:५६

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन् ।

ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्विन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै नेता खनालले आफ्नो पार्टी दशाैं टनको बनिरहेको दाबीसमेत गरे ।

आज पार्टीद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दशौं टनको बन्दै गएको कुरा हेर्न जिल्ला-जिल्लामा जान पनि ओलीलाई चुनौति दिए । नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे ।

उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुटन पनि पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए ।

खनालले समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने दाबी समेत गरे । नेता खनालले घरघरमा गएर गठबन्धन र पार्टीको पक्षमा निर्वाचनको प्रचारप्रसार गर्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।

प्रतिक्रिया