केपी ओलीको गृहनगरमा राप्रपाको शक्ति प्रदर्शन (फोटो फिचर)

नेपालखोज २०७८ चैत २६ गते १७:०८

काठमाडाैं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी तीनै तहको निर्वाचनमा पार्टीले जनताको मन जित्ने दाबी गरेका छन् । उनले आज एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर दमकमा आयोजना भएको आमसभामा राप्रपालाई कमजोर नमान्न पनि चेतावनी दिए ।

उनले आगामी दिनमा नेतृत्वले पहिला गरेको गल्तीहरु नदोहोर्‍याउने स्पष्ट पारे । उनले राप्रपालाई एकपटक विश्वास गरेर हेर्न अनुरोध समेत गरे । उनले भ्रष्टचारलाई निर्मूल पार्न सकेमात्र देश विकास हुने बताए । उनले देशको मुख्य समस्या भ्रष्टचार रहेको बताउँदै भ्रष्टचारीलाई तह नलगाई देश विकास नहुने बताए ।

यो ठाउँ एमाले अध्यक्ष ओली निर्वाचित भएको क्षेत्र हो । स्थानीय तहको निर्वाचनमा पनि एमालेका रोमनाथ ओलीले मेयरमा बाजी मारेका थिए भने राप्रपाबाट उम्मेदवार बनेका राम थापा दोस्रो भएका थिए । थापाले ओलीको प्रभाव रहेको दमकमा समेत झिनो मतान्तरले हारेका थिए । यसपटक प्रदेश अध्यक्ष समेत भइसकेका थापा मेयर बन्ने दाउमा छन् । उनले राजेन्द्रलाई ल्याएर एमालेलाई तर्साएका छन् भने आफ्नो पार्टीको प्रभाव बढेको स‌ंकेत दिएका छन् ।

आमसभालाई प्रदेश १ का अध्यक्ष राम थापा, नेतृ तथा अभिनेतृ रेखा थापा लगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया