ओलीको क्षेत्रमा लिङ्देनको गर्जन, राप्रपा प्रवेशको चल्यो लहर !

दमक । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज झापाको दमकमा विशाल शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनाव नजिकिँदै गर्दा देशव्यापी दौडाहामा रहेको राप्रपाले आज दमकमा आमसभा गरेको हो ।

देशमा राजसंस्था हुनुपर्छ, देश हिन्दु राज्य हुनुपर्छ र संघीयता खारेजी हुनुपर्छ भन्ने पार्टीको सिद्धान्त रहेको राप्रपामा पछिल्लो समय व्यापकरुपमा जनताले साथ दिइरहेको पाएको छ। देशभरिबाट राप्रपाको जनलहर चलिरहेको अवस्थामा दमकमा पनि हजारौं जनताको उपस्थितिमा राप्रपाले शक्ति प्रदर्शन गरेको हो । दमक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि निर्वाचन क्षेत्र रहेको हुँदा राप्रपाको आजको कार्यक्रमलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।


‘देशलाई आर्थिकरुपमा टाट पल्टाउनेहरुसंग अब राप्रपाले हिसाब किताब गर्नेछ,’ कार्यक्रममा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले भने, ‘देशमा रहेको विकृति , विसंगति र भ्रष्टाचारविरुद्ध देशभरिबाट राप्रपा जागिसकेको अवस्थामा सम्पूर्ण नेपालीहरुलाई राप्रपामा एकीकृत हुन आह्वान गर्दछु ।’



विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा राप्रपामा प्रवेश गर्नेको लहर चलेको देखिन्थ्यो । सभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरु ज्ञानेन्द्र शाही, रेखा थापा, भक्ति सिटौलालगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्रौलालगायतको उपस्थित रहेको थियो । प्रदेश नम्बर एकका अध्यक्ष राम थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रीय सदस्य अम्बर बिष्टले गरेका थिए ।


तस्बिर अध्यक्ष लिङ्देनको फेसबुकबाट

प्रतिक्रिया