बुधबार, जेठ २, २०८१

‘जीवन नै काम हो, काम नै जीवन हो’

नेपालखोज २०७८ चैत २७ गते ५:०१

-जो व्यक्ति हाँस्न सक्दैन, उसले ध्यान गर्न सक्दैन । हाँसोमा तपाईंको ऊर्जा निश्चित रूपमा उल्लासमय रहन्छन् । जबकि ध्यानमा, कुनै शारीरिक क्रियाबिना तपाईंको ऊर्जा चरम स्तरसम्म उल्लासमय रहन्छन् ।

-यदि तपाईंको काम आफूलाई वास्तवमै सरोकार भएको कुरा निर्माण गर्नमा केन्द्रित छ भने, आफ्नो काम र जीवनलाई सन्तुलित गर्नुपर्ने आवश्यकता रहँदैन- जीवन नै काम हो, काम नै जीवन हो ।

-तपाईंभित्र जे भइरहेको छ अनि तपाईं आफ्नो जीवनलाई जुन रूपमा अनुभव गर्नुहुन्छ, त्यो पूर्णतया तपाईंको रचना हो- यो तपाईंको कर्म हो ।

-तपाईं जति बढी सुरक्षा खोज्नुहुन्छ, तपाईं आफ्नो जीवनमा हुने हरेक परिवर्तनको बारेमा त्यति नै बढी चिन्तित बन्नुहुनेछ ।

-यदि तपाईंले सबैथोकमा आदर्श स्थिति ल्याउनुभयो भने, यसले जीवनलाई त एकदमै सहज बनाउनेछ तर जीवनको तेज भने हराउनेछ ।

-वास्तवमा, पूर्णिमा जीवनबाट उन्मत्त रहनको लागि हो । तपाईं केबाट उन्मत्त रहनुहुन्छ- आनन्द, उदासी, डर वा ध्यान- यो तपाईंमा निर्भर गर्दछ ।

-जब तपाईं समबुद्धि वा समभावको अवस्थामा रहनुहुन्छ, तपाईंको शरीरको हरेक कोशिकाले मधुरता उत्पन्न गर्दछ ।

-मन अन्तहीन खेल हो । योसँग जतिबेला पनि खेलिरहनु हुँदैन ।

-जहाँसम्म अस्तित्वको नियमको कुरा छ, त्यहाँ असल वा खराब हुँदैन, अपराध वा दण्ड हुँदैन । कुरा यत्ति हो कि हरेक कार्य वा कर्मको आफ्नो परिणाम हुन्छ ।

-धरती आमा एकदमै उदार हुनुहुन्छ । यदि हामीले उहाँलाई मौका दिने हो भनेमात्र, उहाँले सबैथोक पूर्णतया प्रचुर र सुन्दर रूपमा भरपाइ गर्नुहुनेछ ।

प्रतिक्रिया