चुनावी घोषणापत्रमा के उल्लेख हुनुपर्छ ?

नेपालखोज २०७८ चैत २७ गते १२:३७

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फेशबुकको आफ्नो पेजमा स्टाटस राख्दै लेखे : आसन्न स्थानीय तहको निर्वाचनको लागि गठित नेपाली कांग्रेस घोषणापत्र तयारी समितिको हिजो बसेको बैठकमा घोषणा पत्रमा समेटिनुपर्ने विषयका बारेमा छलफल भयो । नेपाली कांग्रेसको घोषणापत्रलाई थप यथार्थ परक बनाउन आवश्यक सल्लाह, सुझाव प्रदान गर्न पार्टी पंति, आम जनता र विभिन्न क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरूलाई नेपाली कांग्रेस हार्दिक अनुरोध गर्दछ ।

यस स्ट्याटसमा आएका प्रतिक्रिया :

अब बन्ने घोषणापत्रले : शिक्षा, स्वास्थ्य रोजगार, विकासको मोडेल, पर्यटन, कृषि, उद्यमशीलता, कानुनी राज्य, मानव अधिकार, सुशासन, लोकतान्त्रिक मूल्य र मान्यता, समाजवाद .. लगायतका विषय-वस्तुलाई समेटोस ।
कृष्णप्रसाद पौडेल

घोषणापत्रमा जनताका दैनिक आवश्यकता जस्तै गास, बास, कपास, रोजगारी, औषधोपचार, गुणस्तरीय शिक्षा, सामाजिक सुरक्षा, पिउन मिल्ने पानी, बत्ति र पकाउने इन्धन जस्ता विषय कहाँबाट श्रोत बटुलेर कसरी पूरा गर्नु हुन्छ स्पष्ट पार्नु होला ! देशभक्ति, लोकतन्त्र, संविधानको रक्षा जस्ता कुरा लेखेर मान्छेको ब्रेन वाश नगर्नु होला ! विशिष्ट, नेता र सर्वसाधारण सबैले बेलायतमा जस्तो एकै खाले स्वास्थ्योपचार पाउने ग्यारेन्टी गर्नु होला, नेता र वरिष्ठले सर्वसाधारणले भन्दा बढी सुविधा र सुरक्षा पाउने काम बन्द गर्नु होला !
भोजराज

अब उप्रान्त हामीले (ने.का.)स्थानिय सरकारमा भए गरिएका भ्रष्टाचारलाई उजागर गर्दै भ्रष्टाचारको र बेरुजुको अन्त्य गर्ने, स्थानीय स्तर बाटै उत्पादन मुखि कार्यक्रम संचालन गर्ने र बजारको ब्यवस्थापन मिलाउने, अत्यावश्यक सम्पुर्ण विद्दुतिय उपकरणमा प्रोसाहित गर्ने, स्मार्ट कृषक परिचयपत्र उपलब्ध गराएर सोझै कृषि सहुलियतमा पहुँच पुर्याउने, बढि भन्दा बढि अनुदान, सहायता र लगानी स्थानिय स्तरमै ल्याउने, स्वास्थ्य जीवन उच्च विचारका साथ प्राविधिक शिक्षामा जोड दिने । एक घर एक रोजगार ने.का.को विचार ।
लय बराल

घोषण पत्र चुनाव जित्नका लागि र झुटो आश्वासन पत्र नबनोस् हामीलाई तपाईं लगायतका नेताहरुको विश्वास छ। नेपाली जनताको भावना र मर्मलाई अबस्य बुझ्नु हुने नै छ । घोषणा पत्र लेख्दा सुदुर पूर्व, सुदुर पश्चिम, कर्णाली र मधेशका दुरदराज गाउँका गरिब जनतालाई आफू र आफ्ना छोराछोरी र दाइभाइ दिदीबहिनी, आमा, बुवा सम्झेर लेख्नुहोला र लेखेर मात्रै भएन लेखेको कुरालाई जनताले विश्वास गर्ने आधार यो यो हुन भनेर जनतालाई विश्वास दिलाउनु हुनेछ भन्ने आश गरेका छौं।
सुरेन्द्र खड्का

राज्य संचालन गर्दा देशको संविधान, ऐन कानुन कडाइका साथ पालना गर्ने गराउने र पार्टी संचालन गर्दा पार्टीको नीति,सिद्धान्त, आदर्श, मर्यादा, निष्ठा र विधान लाई कडाइका साथ पालना गर्ने गराउने हो भने घोषणा पत्र त्यही भित्र स्वत: समाहित हुन्छ भन्ने कुरा मतदाता हरुले बुझ्छन् भन्ने लाग्छ !
-ओमप्रसाद घिमिरे

यो स्थानीय तहको निर्वाचन भएकोले स्थानीय सरोकारको विषयमा बडि केन्द्रित हुन आवस्यक छ साथै युवा स्वरोजगारलाई ध्यान दिइयोस ।
खड्ग योङहाङ

पढेर हाेइनकी परेर वा अनुभवबाट निखारिएका हरेक क्षेत्रका विज्ञहरुका सुझाव लिनुपर्याे । नेपालकाे माटाे, सामजिक सांस्कृतिक परिवेस, भुपरिवेष्टित देश सुहाउँदो , हरेक याेजनाहरु उत्पादनमा याेगदान दिने र हाम्राे स्राेत साधनले परिचालन गर्ने खालका हुनुपर्छ । सपना त्यती मात्र देखाउ जती हाम्राे देशकाे स्राेत साधन र वलवुताले पुरा गर्न सकियाेस् नभए जनतामा फ्रस्टेसन आउने छ ।
मीन बटाला

१ गल्ती नदोहोर्‍याउने प्रतिबद्धता

२. सबै स्थानिय तहहरुको आवश्यक समस्याको सम्बोधन हुन सक्ने मात्रै उल्लेख गर्ने ताकि काठमाडौं र जुम्लाको लागि एउटै नहोस्

३. नीतिगत भ्रष्टाचार अन्त्यका लागि सबैलाई विस्वास लाग्ने आधार दिने

४. काम गर्न सक्ने मात्रै विकासको खाका (तत्कालिन र दिर्घकालिन) दिने ।
-माधवराज शर्मा

१. आम जनतालाई स्वास्थ बिमामा अनिवार्य सरिक गराउन अवस्यक नीति बनाई स्वास्थ बिमाको दायरा पनि 5/10 लाख बनाउने र स्वास्थ बिमा भुक्तानी प्रक्रियामा जालझेल आनाकानी गर्ने संस्था ब्यक्ति र कर्मचारी जो सुकै भए पनि कारबाही प्रक्रियामा जाने ब्यबस्था गर्ने ।

२. हरेक क्षेत्रको कामदार, कृषक, ब्यापारी, कर्मचारी मजदुर हरुको बार्सिक/ मासिक कमाई को के हि प्रतिशत जम्मा गरि ६० वर्षपछि सो जम्मा भएको रकमबाट नै पेन्सन पाउने ब्यबस्था गर्ने

३. आयोजना वा बाटो विस्तारको नाममा ब्यक्तिको घर तहरा भत्काउनु परेमा आवश्यक चलन चल्ती अनुसार क्षतिपूर्ति अनिवार्य दिनुपर्ने ब्यबस्था होस ताकी बालाजु बाइपास मा जस्तो जनाधिकार मिच्ने गरि शक्ति को दुरुपयोग नहोस् ।
बालकृष्ण राना

१) शिक्षा,स्वास्थ्य निःशुल्क उपलब्ध गराउने

२) बन्द सम्पूर्ण कलकारखानालाई पूर्णरुपमा सञ्चालन

३) कृषिलाई सवलिकरण गरि कृषियोग्य भुमिको चयन एवं संरक्षण गर्ने

४) स्वदेशी उत्पादनको बजार व्यवस्थापन गर्ने

५) गुमेको नेपाली भूमि फिर्ता साथै राष्ट्रिय स्वाधीनता राष्ट्रिय अखण्डता कायम गर्ने

६) नेपालको परराष्ट्र नीति मजबुत राख्नै साथै पंचशिलताको सम्बन्ध राख्ने

७) दूरगामी महत्वका आयोजना छनौट र सञ्चालन गर्ने । तिलक आचार्य २०४८ साल देखिका चुनावी घोषणापत्र संकलन गर्नु होला त्यहाँ गरिएका प्रतिबद्धता कति पूरा भये छन् कति भएछन् तिनै पूरा नभयेका प्रतिबद्धताहरुलाई समाबेश गरेर अरु थप्न सकिने पूरा गर्नै नसक्ने योजनाहरु थप्दिए भइहाल्यो नी जनताको मत राय सल्लाहको कहिल्यै कदर भएको छ र राय सल्लाह माग्नु हुन्छ ?
कुमार कोइराला

(१) प्रदेश सरकार खारेज (देशले धान्न नसक्ने)

(२) हिन्दु राष्ट्र घोषणा (हिजो पनि थियो आज पनि छ र भोलि पनि रहिरहने छ )

(३) बन्द गराइएको उद्योग धन्दा खोल्नुपर्ने (स्वदेशी उत्पादनलाई मान्यता दिनुपर्ने ) (४) प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनु पर्ने (अस्थाई सरकार ले बिकास गर्न नसक्ने )
भरत ढकाल

हाम्रो सुझाव पनि सुनुवाइ हुने भए, स्थानीय स्रोत र साधनको परिचालन गरि रोजगारी सिर्जना हुने खालका योजनाहरु छनोट गरौं । योजना छनोट गर्दा हावादारी नभई स्रोत र साधनको आधार सहितको योजना समावेश गरौँ अनुत्पादक भ्युटावर, प्रतीक स्तम्भ, प्रवेशद्वार आदिमा लगानी नगरी स्थानीय कृषि सडक, पुल, झोलुङ्गे पुल, कृषि उत्पादन र बजारीकरण, शिक्षा, स्वास्थ्य र खानेपानी जस्ता पूर्वाधारमा लगानी बढाउने योजना समेटौँ । स्थानीय उत्पादनको बिक्रीवितरणका लागि बजारीकरणको ग्यारेन्टी गरौँ । स्थानीय पालिका स्तरीय अस्पतालमा मिर्गौला रोग, मुटु रोग, क्यान्सर रोगको विशेषज्ञ सेवा थप गरौँ । हरेक पालिकामा प्राविधिक धारको कम्तीमा एउटा क्याम्पस वा माध्यमिक विद्यालय खोलौँ ।
नगेन्द्र कोइराला

देशभरिका नेपालको संविधान २०७२ मा उल्लेख भए बमोजिम शिक्षा, स्वास्थ्य निशुल्क र खाध्य सम्प्रभुत्तामा नागरिक अधिकारको ग्यारेण्टी हुनुपर्छ । देखाउने भन्दा ब्यवहारमै प्रयोग गर्न सक्ने कार्यक्रम ल्याउनु जरुरी छ । जनताले पत्याउने खालका कार्यक्रम र स्मार्ट पालिकामा जोड दिन र प्रयोगमा ल्याउन आग्रह छ ।
पुष्कर ढुंगेल

प्रविधिक शिक्षालाई प्राथमिकता, कृषि उत्पादनमा उत्पादित मापदण्डअनुसार अनुदान, हामीसँग भएकाे जल जंगल र जडिबुटीकाे उत्पादनमा विशिस्टकरण, राताे चन्दा, कस्तुरी, डाफे, मुनाल जस्ता विविध जन्य उत्पादन र बिक्री वितरण स्वतन्त्र, हामीसँग भएकाे प्रकृति स्राेत र साधानकाे दिगाे परिचालन जस्तै गिट्टी, बालुव ढुगां राष्ट्रिय अन्तर्राष्ट्रिय बजारमा बिक्री वितरणमा स्वतन्त्र । देशकाे भूमि माथिकाे कालाे बजारिमा राेक । भुमिकाे व्यापारीकरण माथि राेक, भ्रष्टाचारी र कालाे बजारीमाथि हदै सम्मकाे कार्वाही गर्ने प्रतिबद्धता र यस्तै यस्तै विषय ।
-विष्णु बस्नेत

घोषणा पत्रमा अनि ब्यबहारमा पनि शिक्षा र स्वास्थ पुरा फ्रि गर्नुपर्छ । त्यो पार्टीले अरु बीसदेखि तिस वर्ष सरकार चलाउन पाउँछ किनकि पढ्छु भन्नेले पढ्न पाउँछन् कुनै नागरिकले अकालमा ज्यान गुमाउनु पर्ने थिएन कुनै पनि दलको नेताले राज्यकोषको ढिकुटीबाट विदेशमा उपचार गर्न नपाउने र भ्रष्टाचारलाई पुरै नियन्त्रण गर्नु परो ।
प्रेम तिम्सिना

घोषणा पत्रमा मात्र त सबैका एक से एक हुन्छन् तर ब्यबहारमा सबै उस्तैहुन् । धेरै ठुलाठुला भाषण गर्ने नेताहरुको कार्यकाल नबिर्सिने गरि भोगिसकियो एक दुई बाँकी होलान् तर सबैका कुरा घोषणापत्रमा मात्र जिबित हुन्छन । ब्याबहारमा सबै मृतसमान भएकाछन । के आशा गर्ने र खै ? तैपनि राम्रो नतिजा प्राप्तहोस शुभकामना ।
कपिल दाहाल

आश्वासनको ढेर लगाएर कम्युनिस्ट्को जस्तो खोक्रो प्रचारबाजी अबको मसला नबनोस्,प्रजातान्त्रीक सादगी अनुशशित अभ्यास हजुरहरुबाट आशा गरेका छौं आउँदा दिन नेपाली कांग्रेस कै मौसम हो गठ्बन्धनबाट महत्वपुर्ण स्थान गुमाएको जगजाहेर छ, फेरी पनि त्यहि कथा दोहोरिए आस्थावान साथीहरुको मन विचलित हुनेछ । अन्यत्र मतदान दिनु धोखा हो । एकलै उठ्ने बातवरण होस् । पार्टिलाई कमजोर नबनाउ । निर्वाचान पछि आम कार्यकर्ता बीच पारिवारिक दृश्टिकोण बनोस ! बल जनता हुन सिंहदरबार होइन ।
आचार्य एग्रो फर्म

१. शिक्षा र स्वास्थ्य पूर्णरूपमा नि:शुल्क

२. रोजगारीको ग्यारेन्टी

३. कलकारखाना स्थापना

४. सुरक्षाको पूर्ण प्रत्याभुती

५. साधारण खर्च 40% र पुजिंगत 60%को व्यवस्था

६. भ्रष्टाचार नियन्त्रण ७.सुशासन र कानुनी राज्यको प्रत्याभूति

८. सामाजिक न्याय र सुरक्षा ९. प्राविधिक रोजगार मुलक शिक्षा

१०. भौतिक पूर्वाधार

११. कृषि, वन, उद्योगको विकास

१२.

महँगी नियन्त्रण

१३. आयात कम निर्यातमा बढावा

१४. वैज्ञानिक प्रणालीको उच्चतम प्रयोग

१५. स्वच्छ प्रतिस्पर्धा नातावाद, कृपावाद बन्द

१६. निषेधको राजनीति बन्द

१७. रोजगारी अवसर सिर्जना

१८. भेदभाव रहित काम अनुसार दाम

१९. लगानीको वातावरण र सुरक्षा

२०. भौतिक पूर्वाधार स्वच्छ खानेपानी, यातायात, सिंचाई, विकासमा समान पहुँच ।

२१. गर्न सकिने र हुने कामको मात्रै समावेश गर्ने, झुटा आस्वासन नराख्ने ।।

२२. पार्टी मा दु:ख गरेका र जनताले पत्याउने स्वच्छ छवि भएका जित्ने व्यक्तिलाई निष्पक्ष रुपमा उम्मेदवार छनौट होस् ।
-पृथ्वीनारायण श्रेष्ठ

घोषणा पत्र घोषणा गर्नका लागि मात्र होइनकी कार्यान्वयन गर्न सक्ने वा कार्यन्वयन हुन सक्ने र आगामी निर्वाचन मा पनि पार्टी को सिर ठाडो हुने गरी तयार होस्, जसले गर्दा कांग्रेस हुनुको गर्व छुट्टै होस्र । कांग्रेस जे बोल्छ त्यो गर्छ होस् ।
कृष्ण अर्याल

नेपाली कांग्रेसका उम्मेद्वार विजय भएको स्थानीय तहमा निःशुल्क शिक्षा र दुरदराजका विभिन्न टोलमा स्वास्थ्य चौकी स्थापना, वडा-वडामा गाडी रोड टेलिफोन सेवा सुविधा उपलब्ध गराउने प्रतिबद्धता का साथ घोषणा पत्रमा उल्लेख गर्नु परो ।
प्रेमबहादुर बुढाथोकी

निरास तथा हतोत्साहित छु, नेपालको पार्टी तथा तिनीहरुका कार्यशैली प्रति घोर आलोचना छ । घोषणापत्रमा समावेश भएका आकर्षक बुँदा पार्टीले चुनाव जितेपछि पूरा गरेन भने कुन अदालत जानुपर्छ ? घोषणा पुरा गर्ने आधार र इमान्दरिताकाे कसी के ? हामी सदियौ देखि ठगिएका जनता घोसणापत्रबाट कसरी विश्वस्त हुने ।
नशिर आलम

स्थानिय स्तरमा पालिका प्रमुख र उपप्रमुख को योजना बाणफाण हुँदा बराबर हक अधिकार हुनुपर्छ योजना कार्यान्वयन गर्दा काम गर्ने र बेबस्थापन गर्ने अधिकार प्रमुखको हुने र न्याय् पालिका मात्र उपप्रमुखलाई दिने परिपाटीले जनतामा उप प्रती आसा, विस्वास घटेको , तेसमा बढी महिलालाई मात्र समर्थन गर्ने परिपाटीको अन्त्य गर्न सजिलो हुने थियो कि !!
भावना घिमिरे

प्रतिक्रिया