भोजपुरका सबै स्थानीय तहमा सत्ता गठबन्धनबीच तालमेल

नेपालखोज २०७८ चैत २७ गते १०:१८

काठमाडौं । आगमी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा सत्ता साझेदार दलले भोजपुरका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन् । केन्द्रको निर्णयबमोजिम हिजो बसेको स्थानीय पाँच दलको बैठकले जिल्ला समन्वय समिति, नौ स्थानीय तह र ८१ वडामा तालमेल गरेर अघि बढ्ने निर्णय संयुक्त विज्ञप्तिमार्फत सार्वजनिक गरेका छन्।

बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेशजंग रायमाझी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङ राई, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किराँती, कांग्रेस भोजपुरका सभापति विनोद बान्तावा, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य रमेश शाक्य लगायतको उपस्थिति रहेको थियो।

त्यस्तै जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रामसिंह राई, एकीकृत समाजवादी भोजपुरका अध्यक्ष वीरजंग राई र जनता समाजवादी पार्टी नेपाल भोजपुरका अध्यक्ष आशकुमार राईलगायतको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।

प्रतिक्रिया