सोमबार, असार ९, २०८२

नेपालमा रोयल इन्फिल्ड अल्फा अटोमोटिभले बेच्ने

नेपालखोज २०७८ चैत २७ गते १२:१२

काठमाडौं । विश्वको एक मात्र पुरानो मोटरसाइकल कम्पनी रोयल इनफिल्डको नेपालका लागि आधिकारिक बिक्रेता त्रिवेणी समुह अन्तर्गतको अल्फा अटोमोटिभ प्रा.लिले नेपाल भर बिक्री अनुमती पाएको छ । कम्पनीले आफ्नो बिक्री सर्भिस एवं सन्जाल विस्तार कार्य सुरु गरिरहेको जानकारी दिएको छ ।

प्रमोद श्रेष्ठ, जोगुफीको नामबाट प्रख्यात रहेका छन् । उनलाई कम्पनीको कार्यकारी निर्देशक हर्ष संघाइ द्वारा सम्मान गरिएको छ। प्रमोद श्रेष्ठ रोयल इनफिल्डको अनुभवी र एकमात्र सबै भन्दा खारिएको राइडर हुन । उत्साही, साहसिक यात्रा गर्न रुचि राख्ने प्रमोद लेरोयल इनफिल्ड मोटरसाइकलबाट म्यानमार, तिब्बत, भुटान र इंडियाको सफल यात्रा गरिसकेका छन् । सन् १९९५ मा २२ घण्टा २८ मिनेटको समया अवधिमा रोयल इन्फिल्ड ३५० सि.सि बाट पूर्व–पश्चिम राजमार्ग (मेची-महाकाली) चलाएर यात्रा गरी क्रीतिमान समेत कायम गरिसकेका छन् ।

बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहेका प्रमोद श्रेष्ठद्वारा यही अप्रिल २०२२ मा हुन गइरहेको सगरमाथा आरोहण ८ हजार८ सय ४८ बालिकालाई बालबिबाह विरुद्ध शिक्षा अभियानलाई सफल बनाउनका लागि अल्फा अटोमोटिभ प्रा.लिले त्रिवेणी ग्रुपको कार्यलयमा एक कार्यक्रम आयोजना गरेर पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । साथै उक्त कार्यक्रममा रोयल इनफिल्डको झण्डा समेत सगरमाथाको शिखरमा पुर्याउनका लागि हर्ष संघाइबाट हस्तान्तरण गरे । उनको सफल आरोहणका लागी अल्फा अटोमोटिभ प्रा.लिले शुभकामना दिएको छ ।

प्रतिक्रिया