भिभोद्वारा नेपालमा तीन नयाँ स्मार्टफोनहरु सार्वजनिक

काठमाडौं । आज, भिभोले आफ्नो भि र वाई सिरिजका तीनवटा स्मार्टफोनहरू–भि २३ फाइभजी, वाई ३३ एस र वाई ०१ नेपालमा सार्वजनिक गरिएका छन् । यी नयाँ स्मार्ट फोन प्रयोगकर्ताहरूलाई हरेक मूल्य विन्दुमा उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले निर्माण गरिएका हुन् ।
भि २३ फाइभजी एक नविनतम स्मार्टफोन हो जुन उल्लेखनिय पोर्टहरू र सेल्फीहरूका लागि असाधारण फोटोग्राफी सुविधाहरू सहित ट्रेन्ड सेटिङ डिजाइन र उच्च प्रदर्शनका साथ आउँछ । भि २३ फाइभजी को ५० एमपी अटोफोकस पोर्ट«ेट सेल्फी, ६४ एमपी सुपर–सेन्सिङ क्यामेरा र ८ एमपी सुपर वाइड–एंगल क्यामेराले क्यामेरा प्रदर्शन र डिजाइन सुन्दरतामा नयाँ मापदण्डहरू कायम गरेको छ । यसको बाह्य स्वरुपले प्राकृतिक साथै एक अलग अद्भूत लुक र अनुभव दिन्छ । नविन बाह्य ग्रुपका लागि भिभोले मेटल फ्ल्याट फ्रेम डिजाइनमा रंग परिवर्तन हुने फ्लोराइट एजी डिजाइन टेक्नोलोजीको प्रयोग गरको छ । जुन प्रत्यक्ष सूर्यको किरणमा रङ परिवर्तन भएर अझ बढि आकर्षक देखिन्छ ।
अत्याधिक अपेक्षा राख्ने उपभोक्ताहरू, स्टाइल–सचेत ट्रेन्ड सेटरहरू र उच्च–कार्यसम्पादन फोटोग्राफरहरूले भि २३ फाइभजीमा सुन्दर डिजाइन, प्रिमियम फोटोग्राफी सुविधाहरू र गेमिङका लागि फाइभजी प्रदर्शनका साथै महत्वपूर्ण कार्य र स्रोत वृद्धिकर एपहरूको एक आदर्श संयोजन पाउँनेछन् । भिभो नेपालका सिईओ माइकलले भने, ‘भिभोमा, हामी आफ्नो व्यक्तित्व झल्काउन साहसी एवं नयाँ तरिकाहरू खोज्ने प्रयोगकर्ताहरुका लागि नवाचार, अत्याधुनिक क्षमताहरू र स्टाइलको संयोजन गरी उत्कृष्ट मोबाइल अनुभव सिर्जना गर्ने प्रयास गर्दछौं ।’
भि २३ फाइभजीले विशिष्ट गुणस्तरीय सेल्फी र पोर्टशटहरूको लागि विभिन्न पक्षहरूमा उत्कृष्ट क्यामेरा क्षमताहरू प्रदान गर्दछ साथै हल्का तौल र सुरुचिपूर्ण डिजाइनले यसलाई फेशनेबल बनाउँछ तर अद्वितीय रङ–परिवर्तन विशेषताले गर्दा यो अन्यभन्दा अझ अलग छ ।
आज सार्वजनिक भएका तीनवटै स्मार्टफोनले प्रयोगकर्ताको मन जित्ने हाम्रो विश्वास रहेको छ’ भि २३ फाइभजीको डुअल–टोन स्पटलाइट र फ्रन्टको क्यामेराको एआई एक्स्ट्रिम नाइट पोर्ट मोडको साथमा उत्तम नाइट पोट्र्रेटहरूबाट अँध्यारो प्रकाशमा राम्रो सटहरू लिन सकिन्छ । मनमोहक दृश्यहरू खिच्न र विशेष पलहरू खिच्ने थप रमाइलो तरिकाहरूका लागि बहु–शैली पोर्ट सुविधा उपलब्ध छन् ।भि२३ फाइभजीमा फोरके सेल्फी भिडियो पनि छ जहाँ प्रयोगकर्ताले उच्च स्पष्टताका साथ भिडियो खिच्न सक्छन । भि२३ फाइभजी ७.३९ एमएम अल्ट्रा–स्लिम बडी र मेटल फ्ल्याट फ्रेममा विविध आकर्षणका साथ बहु–शैलीका लागि योग्य बनाउँदै अद्वितीय लुक र अनुभव प्रदान गर्न डिजाइन गरिएको हो ।
डिजाइनलाई सुपर फाइन र टेक्स्चर अनुभूति प्रदान गर्न फ्लोराइट एजी ग्लासले समादर गरेको छ । जुन स्पर्श गर्दा नरम हुनुका साथै फिंगरप्रिन्टहरू प्रतिरोधी छ । भि २३ फाइभजीले मिडियाटेक डाइमेन्सीटी ९२० प्रोसेसर मार्फत फ्ल्यागशिप स्तरको कार्यसम्पादन प्रदान गर्दछ । गेमरहरूले ९० हर्ट्ज रिफ्रेस रेट डिस्प्ले, एक्सटेन्डेड र्याम २.०, लिक्विड कुलिङ सिस्टम र अप्टिमल गेमप्लेको लागि अल्ट्रा गेम मोडको साथ सुपर स्मूद प्रदर्शनको आनन्द लिन सक्छन् । भि २३ फाइभजीमा ४४ वाट फ्ल्यासचार्ज क्षमता पनि छ । जसले सुपर स्लिम ४२०० एमएएच (टाइप) ब्याट्रीलाई छिटो र प्रभावकारी रूपमा पावर अप गर्न सक्छ ।
वाई सिरिजका फोनहरु सार्वजनिक

वाई ३३ एस को सार्वजनिक सँगै ‘फिचर–रिच स्मार्टफोन्स’ मार्फत बजेट–अनुकूल श्रेणीमा अर्थपूर्ण नविनताहरू प्रदान गर्दै युवाहरू¬¬लाई लक्षित गर्ने भिभोको दृष्टिकोणलाई अगाडि बढाएको छ । ट्रिपल क्यामेराको संयोजनले सुसज्जित, भिभो वाई ३३ एस ले फोटोग्राफीलाई रचनात्मक अनुभव बनाउन ५० एमपी रियर क्यामेरा, २ एमपी बोकेह क्यामेरा र २एमपी सुपर म्याक्रो क्यामेरा प्रस्तुत गर्दछ । ५० एमपी रियर क्यामेरा सेन्सरले व्यावसायिक क्यामेराको बराबर प्रकाश–इनटेक अनुमति दिन्छ र उच्च स्पष्टता फोटोग्राफीलाई पुनःपरिभाषित गर्दछ ।
यसबाहेक, सुपर नाइट सेल्फी आवाज घटाउने प्रविधि र औरा स्क्रिन लाइटले रातमा प्राकृतिक र स्पष्ट तस्बिरहरूका लागि प्रकाश प्रदान गर्दछ । वाई ३३ एसमा सुपर–शक्तिशाली, लामो समयसम्म चल्ने ५हजार एमएएच ब्याट्री, ५० एमपी रियर क्यामेरा, र १८ वाट्ट फास्ट चार्ज रहेको छ । स्लिम ८.० एमएम स्लीक बडीमा प्याक गरिएको उत्कृष्ट क्यामेराको साथ स्मार्टफोनले सिमलेस स्मार्टफोन अनुभव प्रदान गर्दछ । भिभो वाई३३एस अत्याधुनिक सुविधाहरू भएका पावर–प्याक्ड उपकरणहरू माग गर्ने युवाहरूको जीवनशैलीसँग मेल खाने र ‘अन द गो‘ जेनरेशनका लागि बनाइएको छ ।
वाई ०१ को स्टाइलिश थ्रीडी ब्याक कभरले सुसज्जित ८.२८ एमएम पातलो बडीले ट्रेन्डी लुक दिन्छ । यो एक सुपर स्लिम बडीसंग आश्चर्यजनक देखिन्छ र आरामदायक ग्रिप प्रदान गर्दछ । ठुलो ब्याट्री र प्रोसेसर भएपनि यो १७८ ग्राम तौलको अत्यन्तै हल्का स्मार्टफोन हो । ६.५१ इन्चको हलो फुलभ्यू डिस्प्लेले उत्कृष्ट स्ट्रिमिङ अनुभव प्रदान गर्दछ । यो डिभाइसमा ५००० एमएएच ब्याट्री रहेको छ जसले प्रयोगकर्ताहरूलाई हेलियो पी३५ प्रोसेसर र विशेष मल्टि–टर्बो ३.० टेक्नोलोजीद्वारा समर्थित २/ ३२ जीबी र्यामको साथ एकै चार्जमा धेरै कामहरु गर्न र उच्च ग्राफिक गेमहरू चलाउन अनुमति दिन्छ ।
मूल्य र उपलब्धता
भिभोका तीन वटा स्मार्टफोनहरु–भि २३ फाइभजी, वाई ३३ एस, वाई ०१ आजबाट देशभर उपलब्ध हुने छन् । भिभो भि २३ फाइभजीको मूल्य ५५, हजार ९ सय ९९ रूपैयाँ रहेको छ । ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा सनसाइन गोल्ड र स्टारडस्ट ब्ल्याक रंगमा उपलब्ध हुने छ । वाई ३३ एस २९,हजार ९ सय ९९ रूपैँयामा ८ जीबी प्लस १२८ जीबी स्टोरेज भेरियन्टमा मिरर ब्ल्याक र मिडडे ड्रीम रंगमा उपलब्ध हुनेछ । वाई ०१ १३, हजार ९ सय ९९ रूपैँयामा २जीबी प्लस ३२ जीबी स्टोरेज भेरियन्टमा एलिगेन्ट ब्ल्याक र सेफाइस ब्लू रंग उपलब्ध हुनेछ ।

प्रतिक्रिया