राष्ट्र बैंकले भोलि १५ अर्ब २५ करोडको ट्रेजरी बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १५ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिक्रीको आह्वान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेसम्म उक्त परिमाणमा ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने चैत्र २९ गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउने छन ।
बिक्री गरिने कुल ट्रेजरी मध्येमा ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिने अवधिको दुई अर्ब २५ करोड र तीन सय ६४ दिने अवधिको पाँच अर्ब रुपैयाँ बराबरको रहेको छ । जसमध्ये आठ अर्ब र दुई अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी पुरानो नविकरण अन्र्तगतको रहेको छ, भने पाँच अर्ब रुपैयाँको ट्रेजरी नयाँ रहेको छ ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरीहरुको परिपक्व हुने अवधि भने क्रमशः २०७९ असार २८ गते, २०७९ असोज २५ गते र २०७९ चैत्र २८ गते तोकिएका छन् । यसअघि यही चैत्र २१ गते पनि राष्ट्र बैकले ३२ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो ।


प्रतिक्रिया