आइतबार, वैशाख २८, २०८२

दक्षिण कोरियामा एक लाख ६४ हजार ४८१ कोभिडका नयाँ संक्रमित

नेपालखोज २०७८ चैत २७ गते १५:५६

काठमाडौं । दक्षिण कोरियामा २४ घण्टाको समयाअवधीमा एक लाख ६४ हजार ४८१ जना कोरोना संक्रमित थपिएका छन् । यो सँगै कुल संक्रमितको संख्या एक करोड ५३ लाख ३३ हजार ६७० पुगेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

दक्षिण कोरियमा हाल अत्यधिक रुपमा कोरोना भाइरस ओमिक्रोन भेरियन्ट फैलिएको जनाइएको छ । गत २४ घण्टा भएमा संक्रमित मध्ये २८ हजार ९०१ जना सोलका बासिन्दाहरु रहेका छन् । ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमितको संख्या क्रमशः ४२ हजार ३५३ र ८ हजार ५९४ जना रहेका समाचारमा जनाइएको छ ।

हाल गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा १५ ले बढेर १ हजार ११४ पुगेको छ । कोभिड–१९ बाट थप ३२९ जनाको मृत्यु भएको पुष्टि भएसँगै हाल दक्षिण कोरियामा कोरोनाबाट कुल मृतकको संख्या १९ हजार ४२१ पुगेको छ । कुल मृत्यु दर ०.१३ प्रतिशत रहेको जनाइएको छ । चार करोड ४५ लाख १४ हजार ४६२ जनाले कोरोना भाइरसविरुद्ध खोपको दुई डोज प्राप्त गरेका छन् । कोरोनाको दुई डोज प्राप्त गर्नेको कुल संख्या ८६.७ प्रतिशत भएको जनाइएको छ ।-रासस

प्रतिक्रिया