अधिकारीमाथिको निलम्बन फिर्ता लिन माग

काठमाडौं । विभिन्न पाँचवटा बैंकका कर्मचारी संघ/ संगठनहरुले महाप्रसाद अधिकारीको निलम्बनप्रति ध्यानाकर्षण भएको जनाएका छन् ।
नेपाल राष्ट्र बैंक कर्मचारी संघ, संचयकोष कर्मचारी संगठन, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल, नेपाल बैंक कर्मचारी संघ र कृषि विकास बैंक कर्मचारी संघले आज संयुक्त विज्ञप्ति जारी गर्दै अधिकारीलाई गभर्नर पदबाट निलम्बन गर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।
उनिहरुले मुलुकको अर्थतन्त्र संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको समयमा सम्पूर्ण क्षेत्र मिलेर अघि बढ्नु पर्ने ठाउँमा उल्टै सरकार आफ्ना कमी कमजोरी र अक्षमतालाई ढाकछोप गर्न जिम्मेवार पदाधिकारीमाथि भएको कारबाही निन्दनीय रहेको बताएका छन् ।
साथै उनिहरुले जारी हस्तक्षेप बन्द गर्न र निराधार आरोपको आधारमा अधिकारीमाथि गरिएको कारबाही अविलम्ब फिर्ता लिन माग गरेका छन् । अधिकारीमाथिको कारबाही फिर्ता नलिने हो भने समग्र अर्थतन्त्रको स्वस्थता र वित्तीय प्रणालीको स्थायित्वका लागि आफूहरु ट्रेड युनियन अधिकारको प्रयोग गर्न बाध्य हुने चेतावनी दिएका छन् ।
साथै उनिहरुले यसबाट आउन सक्ने परिणामको जिम्मेवारी सम्बन्धित निकाय तथा पदाधिकारी लिनुपर्ने पनि बताएका छन् ।


प्रतिक्रिया