ओलीले भने- पिपल ढुंगाको काप फोरेर पनि उम्रन्छ, एमाले त चुनावको वर्षायाम पर्खिरहेको छ

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न लागेको बताएका छन् ।
आज नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलंकाको जस्तै बन्न लागेको बताएका हुन् ।
उनले केही समय पछि कर्मचारीले तलव पाएनन् र जेष्ठ नागरिकहरुले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गरे । देशको अवस्था यस्तो हुँदा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उनले बताए ।
अध्यक्ष ओलीले एमालेले चुनावको वसन्तको याम पर्खिरहेको भन्दै चुनाव पछि एमाले ढुंगाको काप फोरेर उम्रिने बताए ।एमाले अध्यक्ष ओलीले गठबन्धनले देशको अर्थतन्त्र ध्वस्त बनाएर देशलाई बर्बाद बनाउदै लगेको बताएका छन् ।
उनले देश असफल राष्ट्रतिर जाने अवस्था आउन लागेको पनि उल्लेख गरे । उनले देशमा चरम भ्रष्टता छाएको पनि उल्लेख गरे । उनले विद्यार्थीहरुलाई जिवनोपयोगी शिक्षा दिनका लागि शिक्षकहरुलाई आग्रह पनि गरे ।

प्रतिक्रिया