एलसी खोल्ने कार्य एक हप्ताका लागि स्थगित

काठमाडौं । नेपाल बैंकर एसोसिएसनले एक हप्ताको लागि प्रतितपत्र अर्थात् एलसी खोल्ने कार्य स्थगित गरेको जानकारी दिएको छ । वाणिज्य बैंकहरुको छाता संगठन (बैंकर एसोसिएसन) को आज बसेको बैठकले उक्त निर्णय गरेको हो ।
तर यस्तो एलसी स्थगित गर्ने निर्णय एक हप्ताको लागि गरिएको हो, संघले भनेको छ । नयाँ एलसी खोल्ने कार्य तत्कालको लागि स्थगित हुंदा विदेशबाट ल्याइने सामानहरुको आयात घट्ने विदेशी मुद्राको सञ्चिती केही हदसम्म बढ्ने आँंकलन संंघले गरेको छ ।
संघले बैशाख महिनाभर निक्षेपको ब्याजदर स्थिर राखेर अत्यावस्यक बाहेकका अन्य बस्तुहरुको हकमा एलसी नखोल्ने निर्णय गरेको हो । विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्न सक्ने भन्दै राष्ट्र बैंकले विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको छ ।
पछिल्लो समय विदेशी मुद्राको सञ्चिती घट्दै गएकाले राष्ट्र बैंकले पनि बिलासी बस्तुहरुको आयातमा एलसी नखोल्न दिएको सुझावलाई आत्मसाथ गर्दे तत्कालको लागि एलसी नखोल्ने निर्णय गरेको बैठकमा सहभागी एक वाणिज्य बैंकका एक प्रमुख कार्यकारी अधिकृतले बताएका छन् ।







प्रतिक्रिया