बिहीबार, जेठ ३, २०८१

शिव पूजाको नियम र प्रिय शब्द !

नेपालखोज २०७८ चैत २८ गते ५:००

सोमबार नेपालीहरुका आराध्यदेव भगवान सदाशिवजीलाई पूजा गर्ने दिन भनिन्छ। यस दिनमा शिवजीको पुजा आरधना गरे शिवजी चाँडै नै प्रसन्न हुने कुरा बताइन्छ । यसै पनि भगवान् शिव आफ्ना भक्त हरुसँग सहजै प्रसन्न हुनुहुन्छ । उहाँको पूजाको लागि कुनै विशेष प्रकारको कुनै उपाय छैन । यदि हामीले केही नियमहरू पालना गरेर पूजा गरेऊ भने मनले चाहेको फल प्राप्त गर्न सक्छौ।

शिव पूजाको नियम

सोमबारको दिन शिवजीको पूजाको विषेश महत्व हुन्छ । त्यसो त कुनै बारमा पनि शिवजीको पूजा गर्न सकिन्छ । बिहानै उठेर स्नान आदि गरेर सेतो बस्त्र धारण गरेर शिवजीको पूजा गर्नुपर्छ । शिवजीको पूजा बिहान पुर्व दिशा तर्फ मुख गरेर गर्नुपर्छ । साझको पूजा भने पस्चिम तर्फ मुख गरेर गर्नुपर्छ । रात्रिमा शिवजीको पूजा उत्तर तर्फ मुख गरेर गर्नुपर्छ ।

शिव पुजाको संकल्प

शिव पूजा गर्दा सर्बप्रथम संकल्प लिनु जरुरी हुन्छ । सकल्प गर्नु अगाडी हाथमा जल, फुल, चामल लिऔं । संकल्पमा जुन दिनको पूजा गरिन्छ त्यस वर्ष, बार, तिथि ठाउँ र आफ्नो नाम लिएर आफ्नो चिताएको कुरा को स्मरण गरौं ।

त्यसपश्चात हाथमा लिएको जललाई जमिनमा छोडीदिउँ । शिव पूजा बिधि सोमबारको दिन बिहान उठेर स्नान गरी सिव मन्दिर गएर शुद्ध जलले शिवलिंग को अभिषेक गरी निम्‍नलिखित मंत्र्को जाप गर्ने। ऊं महाशिवाय सोमाय नमस् ।

त्यसपश्चात गाईको काचो दुध शिवलिंगमा चडाउने यसले तन, मन, धन संग सम्बन्धित समस्या दुर् हुन्छ। त्यसपश्चात शिवलिंग मा मह तथा उखुको रस चडाउने यसले नौकरी या व्यवसाय बाट हुने समस्या दुर गर्छ ।

अब कपूर, गंध,फुल,धतुरो र भस्मले शिवजीलाई अभिषेक गरौ। अंतमा आरति गरौ र मन बाट मनोकामना पूर्ति को कामना गरौ। सोमवारमा शिवलिंगको पूजा अर्चना गरीसकेपाछि कुशको आसनमा बसेर रुद्राक्ष माला द्वरा शिवको मन्त्रको जाप गरेमा विलक्षण सिद्धि तथा मन को ईच्छा पुरा हुन्छ ।

शिव मन्त्र

यो मन्त्रको जाप आफ्नो ईश्छा अनुसार ११ , २१ ,१०१ ,१००१ पल्ट गर्न सकिन्छ। यो मन्त्र मा ऊं नमः शिवाय को साथमा ऊं नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ऊं’ मन्त्र को जापले ठुलो ठुलो समस्या र विघ्न दुर गर्न सहायक हुन्छ । यो सँगै नमो नीलकण्ठाय, ऊं पार्वतीपतये नमः, ऊं पशुपतये नमस् मन्त्रको जाप गर्दा जिवनमा सम्रिधि र उन्नति हुन्छ ।

शिवजीको प्रिय शब्द

शिवजीलाई औघड़ दानी या भोले भंडारी पनि भनिन्छ । भक्‍तहरुले शिवजीलाई जुनै तरिकाले पूजा गरे पनि शिव जि प्रसन्न हुनुहुन्छ । शिवलाई एक लोटा जल, एक बिल्‍व पत्र र अक्षत दिएर मात्र शिवजीलाई प्रसन्न गर्न सकिन्छ परंतु यद‍ि पूजा पश्चात शिवजीलाई तीन चोटि श्रद्धा पूर्वक बम(बम को उच्चारणको साथ याद गरेमा शंकर जी लाइ अपार प्रसन्‍नता हुन्छ । त्यसैले सोमबारको दिन र जब तपाईं शिवजीको पूजा गर्नुहुन्छ बम् बम् भोले भन्न नबिर्सनुहोस् ।

प्रतिक्रिया