आइतबार, जेठ ६, २०८१

शनिदेव पूजन विधि

नेपालखोज २०७८ भदौ १२ गते ५:००

हिन्दु धर्ममा सातबारकै एक महत्व छ । सातै दिन फरक फरक भगवानको पूजा गर्ने चलन रहेको छ । विशेष व्रत उपवासबाहेक साताको सबैबार बार अनुसार भगवानलाई पुजिन्छ ।

त्यो भगवानको लागि विशेष व्रत राखेर पूजा गर्ने गरिन्छ । आज शनिबार शनिदेवको नराम्रो देष्टि नपरोस् शनि सधै प्रसन्न रहुन भनेर शनिदेवको पूजा गर्ने प्रचलन रहेको छ ।

यो दिन व्रतालुहरुले कालो वस्त्र लगाउने र रातको भोजनमा नुन नखाँदा शनि प्रशन्न हुन्छन् भन्ने मान्यता रहँदै आएको छ । मानव जीवनमा राहु, केतु जस्तै शनिको दशाले पनि अशुभ हुन्छ ।

यसको दोष निवारणका लागि हनुमान चालिसा जपेर बस्नुस् श्रीवृद्धि हुनेछ । ज्योतिषका अनुसार, शनिदेवलाई खुशी पारेर तपाईले आफ्नो जीवनमा नयाँ उर्जा ल्याउन सक्नुहुन्छ ।

शनिदेवको वर्त बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराहरुबारे जानकारी लिनु आवश्यक हुन्छ । शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रो कार्यहरूमा फल प्रदान गर्दछ।,शनी भगवान सूर्यको पुत्र हो र उसको आमाको छाया छ । यमराज उनका भाइ हुन र यमुना उनकी बहिनी हुन् ।

मूर्ति रूपमा शनिको पुजा नगर्ने
शनि देवको पूजा गर्दा एउटा कुराको ध्यान राख्नु जरुरी छ, शनिदेवलाई आफ्नो मूर्तिमा पूजा गरेको मन पर्दैन । भन्ने पनि गरिन्छ शनिको आराधना सधैँ त्यो मंदिरमा मात्र गर्नुपर्दछ जहाँ शनिदेव शिलाको रूपमा विराजमान छन् । यसको अलावा शनिदेवको आराधना उनको प्रतीक मानिने शमी वा पीपलको वृक्षको पनि गर्नु पर्दछ । शनिदेवको पूजा शनिबार मात्र गर्नु पर्दछ ।

पूजन विधि
शनिवार वा शनिको पूजा गर्दा यो कुराको ध्यान कि यस दिन पीपलको रुखको जरामा नै जल चढाऔं । यसको साथै शनिदेवलाई प्रसन्न गर्नका लागि तोरीको तेलमा भिजाएर बत्ति बालौं ।

शनिको पूजा गर्नुभन्दा पहिले आफ्नो आचरण स्वच्छ राख्नु पर्दछ । यसको अलावा शनिवारको दिन बेलुका गरीबलाई भोजन गराउदा शनिदेव प्रसन्न हुन्छन् र यसले पुण्य प्राप्त हुन्छ ।

प्रतिक्रिया