आईपीएलमा राजस्थान रोयल्स विजयी

नेपालखोज २०७८ चैत २८ गते ६:५२

काठमाडाैं । इन्डियन प्रिमियर लिग क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । गयराति भएको खेलमा राजस्थानले लखनऊ सुपर जायन्ट्सलाई ३ रनले पराजित गर्दै आईपीएल तालिकाको शीर्ष स्थानमा उक्लिएकाे हाे ।

राजस्थानले दिएको १६६ रनको लक्ष्य पछ्याएको लखनऊले निर्धारित ओभरमा ८ विकेट गुमाएर १६२ रन बनायो । जितका लागि अन्तिम ओभरमा १५ रन आवश्यक भएका बेला जम्मा ११ रन जोडेको थियो ।

पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर १६५ रन बनाएको थियो । सिमरोन हटमायरले ५९ रन बनाउँदा देवदत्त पड्किलले २९ रन बनाउँदा रविचन्द्र आश्विनले २८ रन जोडेका थिए । लखनऊँका जेसन होल्डर र किसनप्पा गोथप्पाले दुई दुई विकेट लिए ।  

प्रतिक्रिया