रुस-युक्रेन युद्ध : युक्रेनको अर्थतन्त्र आधाले घट्ने, अरू कुन कुन देशमा मन्दी ?
नेपालखोज
२०७८ चैत २८ गते ८:४०

काठमाडाैं । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
त्यहाँ शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसहरूलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि उसले बताएको छ ।
विश्व बैंकले युक्रेनलाई एक अर्ब डलरको सहयोग दिइसकेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब डलर दिने बताएको छ ।
युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो जुन अहिले ठप्प भएको छ । त्यसले विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुने बताइएको छ ।
अभूतपूर्व स्तरमा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लगाइएका कारण रुसको अर्थतन्त्र ११ प्रतिशतले खुम्चने विश्व बैंकले बताएको छ । साथै बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउने उसले प्रक्षेपण गरेको छ । बीबीसी
सम्बन्धित
प्रतिक्रिया