सत्ता साझेदार नेताहरूको बैठक जारी, चुनावी तालमेलको मापदण्ड तयार गरिने

नेपालखोज २०७८ चैत २८ गते ११:३५

काठमाडौं । सत्तारुढ साझेदार शीर्ष नेताहरूको बैठक बालुवाटारमा जारी छ । जारी बैठकमा आगामी स्थानीय तहको निर्वाचनमा गरिने तालमेलको सम्बन्धमा छलफल भईरहेको बुझिएको छ ।

बैठक सकिएपछि आजै शीर्ष नेताहरूले संयुक्त अपिल जारी गर्ने तयारी गरेका छन् । चुनाबी तालमेल गरेर जाने सम्बन्धमा गठबन्धनबीच खटपट देखिएपछि दलहरूले संयुक्त अपिल जारी गर्ने भएका छन् ।

प्राप्त जानकारी अनुसार बैठकमा चुनावी तालमेलका लागि मापदण्डबारे छलफल भइरहेको छ ।

प्रतिक्रिया