आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने, सहकार्य र परस्पर सहयोगकाे अपिल

काठमाडौं । पाँचदलीय गठबन्धनका प्रमुख नेताहरुले आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका छन् । एक अपिल जारी गर्दै गठबन्धनका प्रमुख नेताहरुले आगामी निर्वाचनमा तालमेल गरेर अघि बढ्ने बताएका हुन् ।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गर्दै अपिल गरेका छन् ।
अपिलमा भनिएकाे छ, ‘पाँचदलको यो ऐक्यबद्धता नेपालमा लोकतन्त्र र लोकतन्त्रका मूल्यमा आधारित समाजवादको रक्षा गर्दै नेपाल राष्ट्रको स्वाधिनता, नेपाली जनताको स्वतन्त्रता र उन्नतिका लागि स्थानीय वासिन्दाहरुको कठिनाई हटाउँदै तिनका आवश्यकता परिपूर्ति गर्न आगामी स्थानिय निर्वाचनमा पनि तालमेल गरेर अगाडि बढ्ने घोषणा गर्दछौं।’ साथै ‘देशैभर ठाउँ र अवस्थाअनुसार चुनावी तालमेल मिलाएर चुनावमा जान आपसी सहकार्य र परस्पर सहयोगको भावनाले अघि बढ्न पाँच दलका सम्पूर्ण साथीहरुलाई आह्वान गर्दछौँ ।’


प्रतिक्रिया